त्रिकोणात्मक सिरिज : नेपालले आज नेदरल्याण्डससँग खेल्दै

त्रिकोणात्मक सिरिज : नेपालले आज नेदरल्याण्डससँग खेल्दै

  • बिहिबार, असार ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्दै छ । स्कटल्याण्डको टिटउड ग्लास्गोमा नेपाली समयअनुसार बिहीबार बेलुकी पौने ८ बजे खेल दुई देशबीचको खेल हुनेछ।

जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक भिड्न लागेका हुन्। पहिलो खेलमा नेपाल सुपरओभरमा पराजित भएको थियो।

सोमबार राति तीन वटा सुपरओभर हुँदा तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको थियो। तेस्रो सुपर ओभरमा नेपालले रन बनाउन नसक्दा पराजित हुन पुगेको थियो।

सिरिजमा भने नेपालको यो तेस्रो खेल हो। नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो।

गएराति नेदरल्याण्डले पनि स्कटल्याण्डलाई १७ रनले पराजित गरेको थियो।

नेपालले पुनः स्कटल्याण्डसँग भोलि खेलेपछि सिरिज सकिनेछ।

नेपाली टोली :
कुशल भुर्तेल, लोकेश बम, अनिल साह ९विकेटकिपर०, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, किरणकुमार ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी