त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डमाथि दुई विकेको जित निकाल्न सफल

त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डमाथि दुई विकेको जित निकाल्न सफल

  • मङ्लबार, असार ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

त्रिकोणात्मक टी -२० शृंखलामा नेपाल दोस्रो खेलमा आयोजक स्कटल्याण्ड बिरुद्ध दुई विकेटले जित हात पार्न सफल भएको छ ।

स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर नेपालले एक सयौँ श्रृखलामा दुर्भाग्यपूर्ण हार व्यहोरेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको ३० रन सर्वाधिक रह्यो। उनले ३५ बलमा ४ चौका सहयोगमा ३० रन बनाए।

करण केसी ३ र सन्दीप लामिछाने १ रनमा नटआउट रहे।

२१ बलमा १४ रन बनाएका दिपेन्द्र सिंह ऐरी क्याच आउट हुन पुगे। १४ बलमा १३ रन बनाएका बसिर अहमद माइकल लिस्कको बलमा कट बोल्ड हुन पुगे। किरण ठगुन्ना ११ रनमा आउट भए।

लोकेश बम ९ रनमा पेभेलियन फर्के। कप्तान रोहित पौडेलले सात र अनिल शाहले ३ रन थपे। रुपेश सिंहले ६ रन बनाए।

त्यसअघि स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली २ बल अगावै ९७ रनमा समेटियो।

पावर प्लेमा नै ५ विकेट लिदै स्कटल्यान्डको ब्याटिङ लाइनलाई नेपालले पुर्ण रुपमा दबाबमा राखेको थियो। सन्दीपले १२ र १७ औँ ओभरमा लगातार २ विकेट लिएपछि स्कटल्यान्डको टोलीलाई थप दबाबमा राखे।

स्कटल्यान्डलाई सस्तैमा रोक्न सन्दीप लामिछानेले चार विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ११ रन दिएर चार विकेट आफ्नो नाममा गरेका हुन्।

करण केसी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट झारे। ललित राजवंशीले एक विकेट आफ्नो नाममा गरे।

माइकल लिस्कले बनाएको ४६ रन नै स्कटल्यान्डका लागि सर्वाधिक रह्यो। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

कप्तान म्याथु क्रोस १५ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। ब्राण्डोन म्याक मुलेन १० रन बनाउँदा ललित राजवंशीको बलमा क्याच आउट हुन पुगे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी