३ असार, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच हानाहान भएको छ ।
हिजो मेयरले उपमेयरलाई कार्यलयमा बोलाएका बेला मेयरका समर्थकले उपमेयरमाथि हातपात गर्ने प्रयास गरेका थिए ।
त्यसपछि आज उपमेयरका समर्थक भेला भएर मेयरमाथि प्रश्न गर्न थालेपछि झडपको स्थिति आएको हो ।
उपमहानगर परिसरमा झडपको स्थिति पैदा भएपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको छ ।
श्रमदानका नाममा डोर हाजिर गराएर रकम भुक्तानी गरेको पाईएपछि उक्त रकम दिन नपाईने उपमेयर बेघाले बताएपछि मेयर आक्रोशित बनेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline