काठमाडौं असार ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले संविधानको रक्षार्थ दुई बुँदे सहमति गरिएको दावी गरेका छन्।
मंगलबार प्रचण्डको नीजि निवास भरतपुर १४ शिवनगरमा मंगलबार आयोजना पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा पत्रकारले राखेका जिज्ञासामा प्रचण्डले दुई बुँदे सहमति तत्कालको स्टेपमात्रै नभइ संविधानको रक्षार्थ भएको बताएका हुन्।
प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा समावेशी प्रतिनिधित्व लगायत वर्तमान उपलब्धी माओवादीको एजेण्डा भएको दावी गर्दै यसको रक्षाका लागि दुई बुँदे सहमति गरी सत्ता पक्षकै जस्तो भूमिका निर्वाह गरेको जिकिर गरे ।
प्रचण्डले संघीय निजमति ऐन,विद्यालय शिक्षा विधेयक पनि आफ्नै सरकारको पालोमा अगाडि बढेकोले दुई बुँदे सहमतिमार्फत् त्यसको जिम्मेवारी लिन खोजेको प्रष्ट पारे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline