भिजिट भिसा प्रकरणमा नेता सापकोटाको मुद्धासँग साटिएको भन्ने आरोप गलत : वर्षमान पुन

भिजिट भिसा प्रकरणमा नेता सापकोटाको मुद्धासँग साटिएको भन्ने आरोप गलत : वर्षमान पुन

  • आइतवार, असार १, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग गरिएको दुई बुँदे सहमतिलाई लिएर नेता अग्नि सापकोटाको मुद्दासँग साटेको भनेर गरिएको टिप्पणीमा कुनै सत्यता नभएको छन् । स्पष्ट पारेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेता पुनले भिजिट भिसाका सवालमा नागरिकका समस्या र चासो समाधान गर्न एक महिनाको समयसीमा निर्धारण भएको भन्दै आफूहरू भिजिट भिसाको समस्या समाधान गर्ने पक्षमै रहेको बताए ।

उनले केहीले भिजिट भिसा प्रकरणमा सहमति गर्नुमा माओवादी आफैले पनि गृह मन्त्रालय चलाएकाले तर्सिएको हो कि भनेर प्रश्न गरे पनि माओवादी नतर्सिएको दाबी गरे ।

‘दुई बुँदे सहमति गर्दा पूर्व सभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको प्रसङ्गहरू जोडेर माओवादी तर्सियो वा लेनदेन गर्‍यो भनेजसरी प्रचार भएको छ । त्यसो होइन कुनै लेनदेन भएको छैन’, उनले भने, ‘अग्नि सापकोटाको मुद्दा अदालतमा रहेका कुरा हुन् । यद्यपि पूर्णपाठ आएपछि त्यसको धारणा बनाउँछौ । त्यसैले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दा कुनै लेनदेनको विषय होइन । यसमा भ्रम नरहोस् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ