ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

  • शनिबार, जेष्ठ ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

रौतहट ३१ जेठ।
रौतहटको वृन्दावन नगरक्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्याक्टरको अगाडिको भाग उठी च्यापिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वृन्दावन-७ बस्ने इक्रुल मंसुरीको छोरा बर्ष २४ को ट्याक्टर चालक नजामोदिन मंसुरी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले न्युजकारखानालाई बताए ।

वृन्दावन- ७ हुसेनीचोक र आकरपाथर बिच भित्रि सडक खण्डमा ना ४ त २०६८ नम्बरको गिट्टी लोड भएको ट्याक्टर खेतबाट रोडमा निकाल्ने क्रममा अगाडिको भाग उठी स्टेरिङमा चालक मन्सुरी च्यापिएको अचेत अवस्थामा रहेको थियो।

प्रहरी टोलीले निजलाई उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा पठाईएकोमा चिकित्सकले गएराती मृत घोषणा गरेको डिएसपी कार्कीले जानकारी दिए।

दुर्घटनामा परेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ