भिजिट भिसा र अग्नी सापकोटाको मुद्धाबीच कुनै सम्बन्ध छैन : प्रचण्ड

भिजिट भिसा र अग्नी सापकोटाको मुद्धाबीच कुनै सम्बन्ध छैन : प्रचण्ड

  • शनिबार, जेष्ठ ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भिजिट भिसा र अग्नी सापकोटाको विषयमा कुनै साइनो नरहेको बताएका छन्।

आज विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा भिजिट भिसामा अग्नी सापकोटा साटिएको भनेर गलत प्रचार गरिएको बताउँदै ती छुट्टाछुट्टै विषय रहेको बताएका हुन्।

अग्निसँग साटेको कुरा विल्कुल गलत कुरा हो। वाइयात कुरा मानिसहरूले प्रचार गरिराखेका छन्। त्यस्तो होइन। यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन, अध्यक्ष प्रचण्डले भने।

शुक्रबार ‍राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादी केन्द्रले अग्नी सापकोटाको मुद्दासँग भिजिट भिसा प्रकरण साटेको भनेर आरोप लगाएका थिए।

उनले देश र जनताको बृहत्तर हितको निम्ति तत्काललाई दुई बुँदे सहमति गरेर संसद सुचारू हुने परस्थिति बनाइएको बताए।

जनताको हितका लागि कहिले अघि बढ्ने कहिले पछि हट्ने, कहिले सहमति गर्ने कहिले विद्रोह गर्ने यो सधैँ चलिरहन्छ, उनले भने।

उनले संघीय निजामति, विद्यालय शिक्षा लगायतका थुप्रै विधेयहरुलाई अन्तिम रूप दिएर पारित गर्नुपर्ने भएकाले ती सबैलाई हेरेर तत्काललाई सहमति गरिएको बताए। सहमति गर्दा माओवादीले भिजिट भिसाको विषय छाडेको नहुने उनले बताए।

अध्यक्ष प्रचण्डले माओ‌वादीले भिजिट भिसाको विषय गम्भीर भएको र यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित नरहेको बताए।

ु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ