३० जेठ, काठमाडौं । संसद अवरोध खुलाउन काँग्रेस, एमाले र माओवादीबीच सहमति भएको छ ।
नेताहरुका अनुसार भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि वृहत्तर छानबिन गर्ने सहमति भएको छ ।
नेताहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कदम चाल्ने विषयमा सहमति जुटेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि ३० दिन भित्र छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटेको बताए ।
रास्वपाले भने यसबारे धारणा सार्वजनिक गरिसकेको छैन । रास्वपा अहिले आन्तरिक छलफलमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline