आलमलाई सफाई दिने न्यायधीशलाई कालोमोसो छ्याप्ने तीन जना पक्राउ

आलमलाई सफाई दिने न्यायधीशलाई कालोमोसो छ्याप्ने तीन जना पक्राउ

  • बिहिबार, जेष्ठ २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ ज्यान मुद्दामा सफाइ दिनेमध्येका न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ।

उनीमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो दलेको प्रहरीले बताएको छ। इजलासमै पुगेर उनीहरूले न्यायाधीशमाथि मोसो प्रहार गरेका हुन्।

मोसो दलेर उनीहरुले नेकपा बहुमत जिन्दावाद भन्दै नारा समेत लगाएका थिए ।

घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटमा आफ्नो घरमा बम विस्फोटमा परेका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको अभियोगमा जिल्ला अदालतबाट आलम दोषी ठहर भएका थिए।

जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले उक्त घटना नै नभएको भन्दै सफाइ दिएको थियो। लगत्तै आलम नख्खु कारागारबाट रिहा भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ