सञ्चार मन्त्री पृथ्वी शुब्बा गुरुङले बिपक्षीले मागे बमोजिम गृहमन्त्रीको राजीनामा नआउने बताएका छन् । मन्त्री गुरुङले संसद अवरुद्धबारे सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेको र आज वा भोलिसम्म संसद चल्ने सम्भावना रहेको बताए।
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आज वा भोलिसम्म बैठक सुरु हुने बताएका हुन् ।
भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको र कर्मचारीमाथि छानबिन सुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे ।
उनले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline