डेब्यु खेलमै नन्दनको उत्कृष्ट बलिङपछि नेपालद्धारा नेदरल्याण्डस् पराजित

डेब्यु खेलमै नन्दनको उत्कृष्ट बलिङपछि नेपालद्धारा नेदरल्याण्डस् पराजित

  • मङ्लबार, जेष्ठ २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

आइसिसी विश्वकप लिग –२ अन्तर्गत नेपालले नेदरल्याण्डस्लाई पराजित गरेको छ ।

मंगलबार स्कटल्यान्डको डन्डीमा भएको आफ्नो अन्तिम तथा चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्‍यो।

नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमा अलआउट भयो।

नेपाललाई १० रन पेनाल्टी दिएपछि ब्याटिङ नै सुरु नगरी १० रन जोडेको नेदरल्यान्ड्सका लागि वेस्ली वारेसीले सबैभन्दा बढी ३६ रन जोडे।

नेपालको जितमा डेब्यू खेलाडी नन्दन यादवले ३ विकेट लिन सफल भए। तीव्र गतिका बलर नन्दनले ९ ओभरमा १ मेडन राख्दा ३९ रन मात्र खर्चिए। नन्दनले ४७ ओभरमा दुई विकेट लिए पनि नेपालको आसा बढेको थियो। सो ओभरमा नन्दनले भान मर्वीलाई १६ रन र केल केलिनलाई २५ रनमा आउट गरेपछि नेदरल्यान्ड्सको अन्तिम विकेट मात्र बचेको थियो। अन्तिम विकेटको रुपमा करण केसीले पल भानलाई अन्तिम ओभरको दोस्रो बलमा क्याच गराएपछि खेल नेपालको पक्षमा आयो।

नन्दनसँगै सन्दीप लामिछानेले पनि ३ विकेट लिए। उनले पनि १० ओभरमा ३९ रन दिए। ललित राजवंशीले १० ओभरमा १ मेडन राख्दा २९ रन मात्र खर्चिए भने २ विकेट लिन सफल भए। कुशल भुर्तेल र करण केसीको नाममा १(१ विकेट रह्यो।

स्कटल्यान्डको डन्डीमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २३६ रन जोड्यो।

नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे। आरिफले ८५ बलमा ७ चौका र २ छक्काको मद्दतमा ८४ रन जोडे।
त्यसअघि नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल १८ रन र अनिल साह २ रनमा आउट भए। सिरिजमा पहिलो अवसर पाएका अनिलले १६ बल खेल्दा निकै दबाब महसुस गरे।

सात ओभरमा दुई विकेट गुमाएको नेपालका लागि भीम सार्की र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे।

भीम सार्की ३८ बलमा ३ चौकाको मद्दतमा ३५ रन जोडेर आउट भए। रोहितले ६० बलमा ३५ रन जोड्न सके।

आजको खेलमा मौका पाएका अलराउन्डर बसिर अहमदले ११ रन जोड्न सके। करण केसीले पनि ११ रन मात्र बनाउन सके। नन्दन यादवले नटआउट १० रन बनाउँदा अन्तिम बलमा रनआउट भएका सन्दीप लामिछानेले २ रन बनाए।

बलिङमा नेदरल्यान्ड्स लागि पल भानले ४ विकेट लिन सफल भए। माइकल लेभिटले ३ विकेट हात पार्दा आर्यन दत्तले १ विकेट लिए ।

नेदरल्यान्ड्सले ब्याटिङ नै सुरु नगरी १० रन पाएको थियो। मध्यओभरमा बसिर अहमद निषेध गरिएको पीच क्षेत्रमा दौडिएको भन्दै नेपाललाई १० रन पेनाल्टी दिइएको हो।

पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो।

नेपाल लिग(२ को अंक तालिकामा १६ खेलबाट १२ अंक जोड्दै सातौं स्थानमा छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी