फुटबलमा पहिलो पटक लाओससँग पराजित भयो नेपाल

फुटबलमा पहिलो पटक लाओससँग पराजित भयो नेपाल

  • मङ्लबार, जेष्ठ २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय फुटबल टोली लाओससँग पराजित भएको छ। लाओसको न्यु लाओस नेशनल स्टेडियममा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो।

खेलको पहिलो हाफमा नै १–० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा १ गोल खाँदा १ गोल गर्यो। पहिलो हाफको १३ औँ मिनेटमा दामोथ थोङखामसावथको गोलमा लाओसले सुरुवाती बनाएको थियो। खेलको ४९ औँ मिनेटमा पिटर फान्थाभोङको गोलमा घरेलु टोलीले अग्रता दोब्बर पारेको थियो।

खेलको ७३ औँ मिनेटमा मनीष डाँगीले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याएका थिए। लाओससँगको सातौँ भेटमा नेपालले पहिलो हार व्यहोरेको हो। यसअघिका ६ भेटमा नेपालले तीन खेलमा जित निकालेको छ। तीन खेल भने बराबरीमा सकिएको थियो।
छनोटको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो। लाओस पहिलो खेलमा भियतनामसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो।

होम एण्ड अवेको आधारमा हुने छनोटको तेस्रो खेलमा नेपालले आगामी अक्टोबर ९ मा भियतनामसँग खेल्नेछ। भियतनामसँग नै नेपालले अक्टोबर १४ मा खेल्ने तालिका छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी