२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोध शुरु गरेपछि बैठक बस्न नसकेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
सत्तापक्ष र विपक्षबीच पटक पटक छलफल भए पनि सहमति हुन सकेको छैन ।
भिजिट भिषा मार्फत हुने मानवतस्करी र रकम असुलीको बिषयमा छानविन गर्नु पर्ने र गृहमन्त्रीले राजीनामा दिनु पर्ने बिपक्षी दलहरुको माग रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline