दरबन्दी भन्दा बढी कर्मचारी नराख्न गृह र सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यलयको निर्देशन

दरबन्दी भन्दा बढी कर्मचारी नराख्न गृह र सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यलयको निर्देशन

  • सोमवार, जेष्ठ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै दरबन्दीभन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको छ।

गृह मन्त्रालयअन्तर्गत अध्यागमन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखी खटनपटन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

अख्तियारले त्यसको जानकारी गराउँदै प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत जेठ २१ गते यी दुई मन्त्रालयलाई पत्र पठाउँदै दरबन्दीभन्दा बढी कर्मचारी नराख्न र दरबन्दीअनुरूपको कर्मचारीहरू सात दिनभित्र पदस्थापन र व्यवस्थापन गर्न निर्देशन दिएको हो।

‘दरबन्दीभन्दा बढी कर्मचारी भएको भन्ने सन्दर्भमा अख्तियारमा उजुरी परेको र त्यसको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि आएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पत्र पठाएर दरबन्दीभन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको छ। दरबन्दीअनुरूपका कर्मचारीहरूलाई सात दिनभित्र पदस्थापन र व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवम् प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवम् गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा मुछिएपछि यसबारे चासो राखिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको, आवश्यक ठाउँमा दरबन्दी रिक्त राखी सेवा प्रवाहमा दख्खल पुर्‍याएको भन्दै अख्तियारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले चासो राख्दै कारबाहीको चेतावनीसहितको पत्र पठाएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ