पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

  • सोमवार, जेष्ठ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

म्युनिख, जर्मनी, २६ जेठ । पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै आइतवार म्युनिखमा २–२ को बराबरी खेल्दै दोस्रो नेसन्स लिगको उपाधि जितेको छ।

अल्भारो मोराटाको निर्णायक स्पट किकमा रुबेन नेभ्सले गोल गरेपछि पोर्चुगलले पेनाल्टी सुटआउटमार्फत सो उपाधी हासिल गरेको हो ।

पोर्चुगल निर्धारित समयमा दुई पटक पछि परेको थियो तर दुई पटक गोलको बराबरी खेलेर खेललाई पेनाल्टीसम्म धकेलेको थियो । मार्टिन जुबिमेन्डीले पोर्चुगलबिरूद्द २१ मिनेटमा गाेल गरेर स्पेनलाई अग्रता दिलाएका थिए भने त्यसको ५ मिनेटपछि नै उत्कृष्ट नुनो मेन्डेसले खेललाई बराबरीमा ल्याउन सफल भए ।

तर, गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। पहिलो हाफमा स्पेनले २–१ को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा थप गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन।

त्यसमाथी अतिरिक्त समयमा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा भने दिन सकेन् । अन्ततः खेल पेनाल्टी सुटमा जान विवश भयो ।

पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाएका थिए। अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।

यो जित पोर्चुगलको लामो इतिहासमा इबेरियन प्रतिद्वन्द्वी स्पेनमाथिको दोस्रो प्रतिस्पर्धात्मक जीत हो। पोर्चुगलको एक मात्र प्रतिस्पर्धात्मक खेलमा स्पेन माथि १–० को जित थियो, जसले स्पेनियार्ड्सलाई युरो २००४ बाट बाहिर निकालेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी