ओलीजीले बदलाको राजनीति छोड्नुपर्छः माधव नेपाल

ओलीजीले बदलाको राजनीति छोड्नुपर्छः माधव नेपाल

  • आइतवार, जेष्ठ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

जेष्ठ २५, काठमाडौँ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।

आइतबार एकीकृत समाजवादीको वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पतञ्जलि जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका हुन् ।

‘नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले भने, ‘अनुसन्धान हुँदै जाला । मैले अनुसन्धान हुनुहुँदैन भनेको छैन । म सुशासनको पक्षपाती हुँ तर, मैमाथि यो किसिमको आरोप लागेको छ र यसको कानुनी उपचार हुन्छ,’ उनले भने, ‘हाम्रा कानुनका जानकार साथीहरुले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गर्दै हुनुहुन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बदलाको भावनाले चलेको बताए । ‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ । हामीले भनेका छौं, सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस्,’ उनले भने, ‘अर्को कुरा कार्यकर्तालाई झोले बनाउने काम पनि नगर्नुहोस् । असली कार्यकर्ता उत्पादन गर्नुहोस्, झोले होइन । ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ । हामीले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएका छौं । सरकारलाई हामी खबरदारीसमेत गर्दै आइरहेका छौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ