आईसीसी वल्र्ड लिग टु मा नेपाललाई स्कटल्याण्डले ३२४ रनको बिशाल चुनौती दिएको छ ।
घरेलु मैदानमा टस जितेर ब्याटिगं गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनायो ।
खराब शुरुवात गरेको स्कटल्याण्डको पारी उकास्दै रिचे बेरिग्टनले सतक पूरा गरे । उनले ११४ बलमा उनले ४ छक्का र ६ चौका प्रहार गर्दै १०२ रन जोडे ।
त्यसै गरी मिचेल लिस्कले अविजीत ९६ रन जोडे भने चार्ली टियरले ६८ रन बनाए ।
नेपालका करण केसीले २, दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले एक विकेट लिए ।
नेपालले अब केही बेरमा जवाफी ब्याटिगं गर्नेछ ।
नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline