भिजिट भिषा प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति नभएपछि संसदको बैठक स्थगित

भिजिट भिषा प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति नभएपछि संसदको बैठक स्थगित

  • आइतवार, जेष्ठ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । संसद्मा विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा अवरोध गरेपछि संसद् भोलि दुई बजेसम्मका लागि स्थगित भएको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएपनि विपक्षी दलहरूले अवरोध कायमै गरेपछि बैठक स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।

आज दिनभर बिपक्षी दल र सत्ता पक्ष दलबीच अलग अलग छलफल भए पनि भिजिट भिषा मार्फत मानव तस्करी प्रकरणमा छानविन हुनु पर्ने र गृहमन्त्रीले राजीनामा दिनु पर्ने बिषयमा बिपक्षी दलहरुको मागमा सत्तारुढ काँग्रेस र एमाले सहमत नहुँदा सदनको बैठक प्रभावित हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ