कांग्रेस र माओवादीबीच भएन सहमतिः संसदको गतिरोध कायमै

कांग्रेस र माओवादीबीच भएन सहमतिः संसदको गतिरोध कायमै

  • आइतवार, जेष्ठ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ । प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि भएको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताहरूबिचको छलफल विना निष्कर्ष सकिएको छ ।

नयाँ बानेश्वरस्थित संसद्‌ भवनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की तथा माओवादीका तर्फबाट उपमहासचिवद्वय वर्षमान पुन र शक्तिबहादुर बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डे छलफल भएको थियो ।

छलफलमा आफूहरूको अडानमा कुनै सहमति नभएको माओवादी प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

काँग्रेस र एमाले गृहमन्त्रीलाई राजीनामा गराउन र छानविन समिति बनाउन तयार नहु्रँदा संसद अवरुद्ध पार्दै आएका बिपक्षीहरुले आज पनि संसद खोल्ने संभावना कम देखिएको छ ।

कांग्रेस नेता कार्कीले सहमति जुटिनसकेको तर बैठक सकारात्मक रहेको बताए ।

संसद्को गतिरोध हटाउने विषयमा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबिच छलफल भएको थियो ।

त्यसअघि शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसका नेताहरू खड्का, कार्की, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ