प्रचण्डले बोलाए बिपक्षी दलको बैठक

प्रचण्डले बोलाए बिपक्षी दलको बैठक

  • आइतवार, जेष्ठ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूको बैठक आइतबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा आज मध्याह्न विपक्षी दलहरूको बैठक बस्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि समसामयिक राजनीति र प्रतिनिधि सभाको गतिरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको जानकारी दिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले प्रतिनिधि सभा अवरूद्ध गर्दै आएका छन्। विपक्षी दलहरूको अवरोधको कारण प्रतिनिधि सभामा बजेटमाथिको छलफलको कार्यसूची प्रभावित बन्दै आएको छ।

यसैबीच सदन सञ्चालन गर्ने सन्दर्भमा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।

सभापति देउवासँगको भेटमा अध्यक्ष प्रचण्डले विपक्षी दलहरूको बैठक बसेर भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाएर जाउँ भन्ने कुराकानी भएकोबारे जानकारी गराएका थिए।

‘विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर जाऔं भन्ने कुराकानी भएको छ। विपक्षी दलहरूको बैठकमै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरौं भन्ने कुरा आएको थियो। बैठकले कुराकानीको जिम्मा पनि मलाई नै दिएको थियो,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।

देउवाले भिजिट भिसा प्रकरणबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले संसदीय छानबिन छानबिन विशेष समिति आवश्यक नरहेको बताएका थिए।

त्यसपछि विपक्षी दल रणनीति बनाउन थप छलफलमा जुट्न लागेका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ