आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ।
स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल आज ३ः ४५ बजेपछि ुशुरु हुनेछ ।
सिरिजमा लगातार दुई जित निकाल्दै अपराजित रहेको नेपाली टोली तेस्रो जितको खोजीमा छ।
पहिलो खेलमा घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो ।
सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पाखा लगाएको थियो।
लिग–२ त्रिकोणात्मक सिरिजको १४ खेलमध्ये चार खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकसहित तालिकाको सातौँ स्थानमा छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline