प्रज्ञा स्मृति शारीरिक सुगठनको च्याम्पियन बने ग्रेस र उर्मिला

प्रज्ञा स्मृति शारीरिक सुगठनको च्याम्पियन बने ग्रेस र उर्मिला

  • शनिबार, जेष्ठ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

जेष्ठ २४, काठमाडौँ । नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा ओभरअल च्याम्पियन भएका छन् । उनले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।

शनिबार नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथि समूह विजेता हुँदै अन्तिम भिडन्तमा पुगेका थिए । आफ्नो तौल विजेता भएवापत उनले छुट्टै ५० हजार पाए ।

प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमा ह्यामर फिटनेसका सुमित गिरी, ६५ केजीमा बी एन्ड एल फिटनेस स्टेसनका किशोर लिम्बू, ७० केजीमा बडी गराजका अभिजित राजवंशी र ७५ केजीमा व्यायाम मन्दिरका सुरेश मुनिकार विजेता भए । पुरुषमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार पुरस्कार पाए ।

महिला खुलामा डिभाइन जिमकी उर्मिला श्रेष्ठले उपाधि जितिन् । उनले १ लाख नगद पुरस्कार पाइन् ।

विजेतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहाललगायतले पुरस्कृत गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी