जेष्ठ २४, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको दाबी गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीको भूमिका देखेर आतङ्कित भई पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको आरोपसमेत लगाए।नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले त्यसलाई देखेर ईर्ष्या गर्नेहरू आत्तिएको बताए ।
नेपालले आफूले कसैसँग एक रुपैयाँ घुस लिएको, एक दाम जग्गा घुस स्वरूप लिएको, वा कुनै अनुचित काम गरेर देश र जनतालाई क्षति पुर्याएको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए । उनले आफूविरुद्ध आएको चुनौतीको दृढतापूर्वक सामना गर्ने बताए।
अध्यक्ष नेपालले आपुले भ्रष्टाचार नगरेको बताउदैँ भने, मैले कसैसँग एक रुपैयाँ घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई क्षति हुने कुनै काम गरेको भए, त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार छु।
अध्यक्ष नेपालले असल उद्देश्यले गरिएका काममा आत्तिनु नपर्ने जिकिर गरे। आफूमार्फत कुनै भ्रष्टाचारजन्य कार्य नभएको दाबी पनि उनले गरेका छन्। विचार वा मन नमिल्दैमा शत्रुता राख्नु नहुने पनि बताएका छन्।