दुखदः अमेरीका चार जना नेपाली मृत फेला, गोली लागेको अवस्थामा शब बरामद

दुखदः अमेरीका चार जना नेपाली मृत फेला, गोली लागेको अवस्थामा शब बरामद

  • शनिबार, जेष्ठ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौँ । अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेको दुखद खबर प्राप्त भएको छ । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशङ्कामा अनुसन्धान गरिरहेको छ। मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०ः ४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो।

घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ।

प्रहरीले यस घटनालाई घरभित्रै सीमित रहको पारिवारिक हत्याको रूपमा लिएको छ र बाहिरी व्यक्तिको संलग्नता नदेखिएको जिकिर गरेको छ। तर, गोली चलाउने व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन।

1

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी