माधव नेपाल बिरुद्ध मुद्धा दर्ता भएकोमा देउवा अनजान, प्रचण्डलाई फोन गरेर सोधे यो के भएको हो ?

माधव नेपाल बिरुद्ध मुद्धा दर्ता भएकोमा देउवा अनजान, प्रचण्डलाई फोन गरेर सोधे यो के भएको हो ?

  • शुक्रबार, जेष्ठ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोन संवाद भएको छ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दायर भएलगत्तै देउवाले प्रचण्डलाई टेलिफोन गर्दै यसबारे चासो राखेको प्रचण्डले नै बताए।

ुदेउवाजीले हिजो फोन गर्नुभएको थियो। माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो। त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो। के भएको हो भनेर ? ,ुकुराकानीबारे उनले भने, ुशेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैँ आश्चर्यमा परेँ।’

देउवाले के भएको हो भनेर सोधेपछि आफूले तपाईंलाई नै थाहा हुनुपर्ने हो नि भनेर जवाफ दिएको र ठट्टा चलेको पनि प्रचण्डले सुनाए।

उनले भने, ुमैले चाहिँ तपाईंलाई पो थाहा हुनुपर्छ भनेँ। उहाँलाई पनि थाहा नभएको बुझेँ मैले। देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझेँ।’

पतञ्जली योगपीठ तथा आयर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री ‍नेपालविरूद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ