वाईसीएल अध्यक्षमा ओली लगभग पक्का !

वाईसीएल अध्यक्षमा ओली लगभग पक्का !

  • शुक्रबार, जेष्ठ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को नेतृत्व चयनमा सहमति नजुटेपछि विधान संशोधनको तयारी गरिएको छ । अहिले बिधान संसाेधन गरेर नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएकाे हाे ।

अध्यक्ष पदमा पुष्प ओली लगभग पक्का भएको तर अन्य पदमा आकाङ्क्षीबिच सहमति नहुँदा विधान संशोधन गरेर समस्याको हला खोजिने एक नेताले जानकारी दिए ।

जेठ २१ गते वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले ३५ सदस्य पदाधिकारी सहित २५१ सदस्यीय केन्द्रीय समिति रहने पारित गरेको थियो ।
अध्यक्ष पदमा ओलीसहित केहरसिंह कुँवर, कर्म पुलामी, नवराज ऐर, गणेश शाही आकाङ्क्षी थिए । महासचिवमा शाही र ऐरबिच कुरा नमिल्दा विधान संशोधन गरेर भएपनि नेताहरूको व्यवस्थापन गर्ने तयारी भएको ती नेताले भने ।

विधान संशोधन भए ऐर र शाहीमध्ये एकलाई वरिष्ठ उपाध्यक्ष, अर्कोलाई महासचिव बनाउने तयारी छ । ‘अध्यक्ष पदमा पुष्प ओली पक्का जस्तै भएको छ । तर अन्य पदमा कुरा मिलेको छैन । विधान संशोधन गरेर ४१ वा ५१ सदस्य पदाधिकारी बनाउनेबारे छलफल भएको छ । विधान संशोधन भएमा ऐर र शाहीमध्ये एक जना वरिष्ठ उपाध्यक्ष र अर्को महासचिवमा व्यवस्थापन गर्न लागिएको छ । यद्यपि अध्यक्षको दाबेदार कुँवर र पुलामीबिच पनि पदीय व्यवस्थापन मिलेको छैन । त्यही भएर निर्वाचन कार्यतालिका बारम्बार प्रभावित हुँदै आएको छ’, ती नेताले भने ।

जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको सम्मेलन निर्धारित समयमा सम्पन्न नभएपछि शुक्रबारदेखि चावहिलस्थित गोल्डेन दरबार पार्टी प्यालेसमा बन्दसत्र सारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ