बिपक्षको अवरोध कायम रहेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित विपक्षीहरूले लगातार सदन अवरोध गर्दै आइरहेका छन्। उनीहरूले उच्चस्तरीय छानबिन समितिलाई बटमलाइन बनाएका छन्।
यसबारे आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका शीर्ष नेतासँग छलफल गरेका थिए।
प्रचण्डले भरपर्दो छानबिन समिति बनाउन सरकारको प्रतिबद्धता आयो भने अहिलेको समस्या समाधान हुने बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline