लागू औषध सहित तीन जना पक्राउ

लागू औषध सहित तीन जना पक्राउ

  • शुक्रबार, जेष्ठ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

सर्लाहीबाट प्रहरीले लागु औषधसहित तीनजना युवालाई पक्राउ गरेको छ।

सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर १० स्थित बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

विशेष सूचनाको आधारमा पुगेको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज पर्सा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रवीन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मलंगवा- १० निवासी २८ वर्षीय शनि झा, सोही ठाउँका २८ वर्षीय मुकेश पण्डित र सर्लाहीकै चक्रघट्ट गाउँपालिका-२ औरही बस्ने १८ वर्षीय पंकजकुमार राउत छन्।

उनीहरुको साथबाट नाइट्रभेट- १० लेखिएको लागू औषध दुई हजार ६ सय ७० चक्की र दुईवटा भारतीय मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ