कांग्रेस सभापति देउवाद्वारा श्रीराम श्रेष्ठको पुस्तक ‘खनियाबास विद्रोह’ सर्वजनिक

कांग्रेस सभापति देउवाद्वारा श्रीराम श्रेष्ठको पुस्तक ‘खनियाबास विद्रोह’ सर्वजनिक

  • बिहिबार, जेष्ठ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण गर्नुभयो ।

बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गर्नुभएको थियो । नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित ‘खनियाबास विद्रोह’ तत्कालिन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा पर्ने खनियाबासमा घटेको सत्य घटनाको विषयवस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक हो । ‘खनियाबास विद्रोह’ श्रेष्ठको २८ औँ प्रकाशित कृति हो ।

नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू प्रकाशित छन् । श्रेष्ठ नेपाली कांग्रेस नुवाकोट जिल्लाका सचिव समेत हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी