प्रतिपक्षीको अवरोधपछि आज पनि सदनको बैठक स्थगित

प्रतिपक्षीको अवरोधपछि आज पनि सदनको बैठक स्थगित

  • बिहिबार, जेष्ठ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गरी सदन अवरोध गर्दै आए पनि आज भने बैठक बसेको थियो।

तर बैठकमा विपक्षीले अवरोध जारी राखेपछि नियमित कार्यसूचीमा प्रवेश नगरी भोलि दिउँसो १ बजेसम्मलाई बैठक सरेको सूचना सभामुख देवराज घिमिरेले सुनाए।

आजको बैठक सुरु भएलगत्तै विपक्षी दलका नेताहरू उठेर विरोध जनाए।

सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा प्रवेश गर्न लागेको सूचना सुनाएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

उनले दलीय आधारमा बोल्न दिने बताए पनि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसदले उठेर विरोध जनाए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ