नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा बेल्जियमका बिल्डे नियुक्त

नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा बेल्जियमका बिल्डे नियुक्त

  • बिहिबार, जेष्ठ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन्।

नवनियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

विल्डेले यसअघि नेपालमा काम गरिरसकेका छन्। उनी गत फागुनमा भएको तेस्रो संस्करणको नेपाल सुपर लिगमा काठमाडौं रेजर्सका प्रशिक्षक थिए।

उनी युईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। उनले सोमालिया र रुवान्डाको प्रशिक्षक तथा चीनको यू(२३ टिम र अल्जेरियाको सहायक प्रशिक्षक भएर काम गरेका थिए।

यसअघि एन्फाले वैशाखमा महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक लागि आवेदन खुला गरेको थियो।

अब विल्डेले एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाली टोलीको नेतृत्व गर्नेछन्। जहाँ नेपाल समूह ‘एफ’ मा छ। समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका छन्।

यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछन्। समूहको छनोट खेल जुन २९ देखि सुरू हुनेछ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी