पार्टी उपाध्यक्ष सापकोटाका बारेमा सर्वोच्चको फैसलाको पूर्ण पाठ आएपछि आधिकारीक धारणा बनाउने माओवादीको निर्णय

पार्टी उपाध्यक्ष सापकोटाका बारेमा सर्वोच्चको फैसलाको पूर्ण पाठ आएपछि आधिकारीक धारणा बनाउने माओवादीको निर्णय

  • बिहिबार, जेष्ठ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण पाठ आएपछि मात्रै आधिकारिक धारणा बनाउने निर्णय गरेको छ ।

आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सर्वोच्चको उक्त आदेशप्रति असन्तुष्टि समेत जनाएको छ ।

बैठकपछि उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले यसबारे पार्टीको आधिकारिक धारणा पूर्ण पाठ आएपछि मात्रै बन्ने बताए ।

सर्वोच्च अदालतले पूर्व सभामुखसमेत रहेको माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशका बारेमा भएको माओवादी बैठकमा शान्ति प्रक्रियालाई गिजोल्न सक्नेतर्फ सचेत हुनुपर्नेमा नेताहरूले धारणा राखेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ