माओवादी केन्द्रको पदाधीकारी बैठक खुमलटारमा

माओवादी केन्द्रको पदाधीकारी बैठक खुमलटारमा

  • बिहिबार, जेष्ठ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसिरहेको छ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार पदाधिकारी बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो।

बैठकमा सर्वोच्च अदालतले माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरूद्ध दिएको उत्प्रेषण आदेशबारे छलफल हुनेछ।

बुधबार सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनमा माओवादीका उपाध्यक्ष सापकोटाविरूद्ध परेको उजुरीमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको थियो।

द्वन्द्वकालीन घटनाबारे न्याय निरूपण गर्न टिआरसी आयोग बनेर प्रक्रिया अघि बढिरहँदा सर्वोच्च अदालतको आदेशले आशंका पैदा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ