नेदरल्याण्डस बिरुद्ध पनि नेपालको शानदार जीत

नेदरल्याण्डस बिरुद्ध पनि नेपालको शानदार जीत

  • बिहिबार, जेष्ठ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ।

बुधबार राति सकिएको शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार जित निकाल्यो ।

यस अघि शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो।

बुधबार स्कटल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले १७ बलअगावै ४ विकेटको क्षतिमा भेट्टायो।

पाँचौँ विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले ८९ रनको साझेदारी गरेपछि नेपाललाई जितका लागि सहज भएको थियो।

९९ बलमा ७ चौका र २ छक्का हानेका आरिफ ७८ रन बनाउँदा क्याच आउट भए। कप्तान रोहित पौडेल २३ रन बनाउँदा रन आउट भए भने कुशल भुर्तेल २५ र आशिफ शेख १९ रनमा बोल्ड आउट हुनपुगे।

ऐरी ३८ र जित सुनिश्चित गर्दै अन्तिम छक्का हानेका गुल्सन झा ११ रनमा अविजित रहे। त्यसअघि स्कटल्यान्डको डुन्डीमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ५ बलअगावै २ सय २५ रनमा अलआउट भएको थियो।

तेस्रो विकेटका लागि विक्रमजित सिंह र कप्तान स्कट इडिवार्डसले ७२ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ उकासेका थिए। ५६ बलमा २ चौका हानेका विक्रमजित ३८ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आरिफ शेखको हातबाट क्याच आउट भएका थिए।

कप्तान स्कटले ७१ बलमा ४६ रन बनाउँदा ललित राजवंशीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए भने नोह क्रोइस ४८ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट हुनपुगे।

जच लायन–क्याचेट २७ रन बनाउँदा ललितकै बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे। तेजा निडामनुरु १३ रन बनाउँदा सन्दीप लामिछानेको बलमा ऐरीको हातबाट क्याच आउट नै हुन पुगे। रोइलोफ भान डेर मेर्वे २० रनमा रनआउट भए।

ओपनर माइकल लेविट १ र म्याक्स ओ डाउड ४ रनमा पेभेलियन फर्के। सोमपाल कामीले अन्तिम ओभरको पहिलो बलमा भिभियन किंग्मालाई १ रनमा बोल्ड आउट गर्दै डच टोलीलाई अलआउट गरेका थिए।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले समान २ विकेट लिए।

त्रिकोणात्मक शृंखलाअन्तर्गत आगामी आइतबार नेपालले स्कटल्यान्डविरुद्ध पुनः खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी