आइपीएलको बिजय उत्सव मनाउने भिडमा भागदौंड हुदाँ मर्नेको संख्या ११ पुग्यो

आइपीएलको बिजय उत्सव मनाउने भिडमा भागदौंड हुदाँ मर्नेको संख्या ११ पुग्यो

  • बुधबार, जेष्ठ २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

हैदारावाद, २१ जेठ । रोयल च्यालेन्जर्स बैंगलोरको विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिएको छ।

उक्त भागदौडमा दुर्घटनामा परिणत हुदाँ अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ । उसका अनुसार ५० भन्दा बढी गम्भिर घाइते भएका छन् । यो दुर्घटना बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक भएको हो।

हजारौं मानिसको भिडका कारण भीड एक्कासी अनियन्त्रित भई अनियन्त्रित भएको बताइएको छ । अवस्था निकै खतरनाक बन्यो । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ ।

हजारौं फ्यानहरू हतारमा विभिन्न गेटहरूबाट स्टेडियममा प्रवेश गर्न खोज्दा भागदौड भएको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा उपस्थित प्रहरीले घाइतेहरूलाई एम्बुलेन्समा पु¥यायो र उनीहरूलाई नजिकैका विभिन्न अस्पतालमा भर्ना गरिएको थियो ।
सुरुमा सडक जामका कारण एम्बुलेन्स अस्पताल पुग्न नसकेको प्रहरीले जनाएको छ । अर्को घटनामा एक फ्यान स्टेडियममा हाम फाल्न गेट चढ्ने क्रममा लडेर खुट्टा भाँच्चिएको छ ।

बाक्लो संख्यामा प्रहरीको उपस्थिति भए पनि भीडलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको देखिएको थियो । उत्सवको एक झलक लिन मानिसहरु रुखमासमेत चढेका थिए ।

भागदौडका कारण धेरै आरसीबी फ्यान स्टेडियम बाहिर बेहोस समेत भएका थिए । घटनास्थलमा सबै घाईतेहरुलाई अस्पताल पुर्‍याउन कैयौं एम्बुलेन्स खटाइएको छ । घटनास्थलमा उपस्थित मानिसहरूले पनि एक अर्कालाई सहयोग गरेका थिए भने कतिपयले घाइतेलाई सीपीआर दिएको पनि देखियो ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाका राजनीतिक सचिव नासिर अहमदले यस घटनाको बारेमा भने कि भीड अचानक नियन्त्रण बाहिर गए पछि स्थिति सम्हाल्न गारहो भएको थियो । ‘परिस्थितिलाई सम्हाल्ने प्रयास गरिरहेका छौं, तैनाथ सुरक्षाकर्मीको संख्या बढाइएको छ । उत्सव व्यवस्था गर्न समय नपाउँदा यो दुर्घटना हुन पुगेको छ,’ उनले भने ।

कर्नाटक राज्य क्रिकेट संघले रोयल च्यालेन्जर्स बैंगलोरलाई आइपीएल २०२५ मा ऐतिहासिक जित हासिल गरेपछि एक अभिनन्दन समारोह आयोजना गरेको थियो, जसमा हजारौं रोयल च्यालेन्जर्स बैंगलोर प्रशंसकहरू आएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी