राजावादीहरुबीच आन्तरीक विवाद : आन्दोलन घोषणाको कार्यक्रम बिथोलियो

राजावादीहरुबीच आन्तरीक विवाद : आन्दोलन घोषणाको कार्यक्रम बिथोलियो

  • बुधबार, जेष्ठ २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

राजसंस्था पुर्नस्थापना र हिन्दुराष्ट्रको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गर्न बोलाईएको कार्यक्रम नै आन्तरीक विवादका कारण विथोलिएको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकमा सहभागीहरुले नेतृत्व परिवर्तनको माग गर्दैै नाराबाजी गरेपछि आन्दोलनका कार्यक्रम घोषणा नगरी स्थगित भएको छ।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएको अवस्थामा सुवेदीले आन्दोलनका नयाँ कार्यक्रम घोषणा आजै गरिने बताएपछि सहभागी नेता कार्यकर्ताअसन्तुष्ट बनेका हुन्। त्यसपछि उनीहरुले नाराबाजी थालेका थिए।

बैठकमा होहल्ला भएपछि उनले बैठक स्थगित भएको घोषणा गरेका छन्।

राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनको माग गर्दै राजावादीहरुले जेठ १५ गतेदेखि आन्दोलन सुरु गरेका थिए। एक साताका लागि तय भएको आन्दोलन सकिएपछि नयाँ कार्यक्रम घोषणा गर्न बैठक आयोजना गरिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ