म राजीनामा दिन्न मलाई सदनमा बोल्ने व्यवस्था मिलाईदिनुस् : गृहमन्त्री

म राजीनामा दिन्न मलाई सदनमा बोल्ने व्यवस्था मिलाईदिनुस् : गृहमन्त्री

  • बुधबार, जेष्ठ २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

गृहमन्त्री रमेश लेखकले आफूले भिजिट भिषा प्रकरणमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।
आज राज्य व्यवस्था समितिको बैठकमा बिपक्षी दलका सदस्यरुले सत्तारुढ दलकै नेता र सासदले समेत राजीनामा मागेको भन्दै सम्झाएका थिए ।

तर मन्त्री लेखकले आफूले राजीनामा नदिने तर उठेका प्रश्नहरुको जवाफ संसदमै दिने भन्दै बोल्ने वातावरण मिलाईदिन आग्रह गरेका थिए ।

बुधबार बिहान राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले समितिमा समेत जवाफ दिएनन् । बरु यहाँ जवाफ दिँदा सबै सांसदहरुसम्म नपुग्ने भएकाले सदनमै जवाफ दिने जिकिर गरे ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ। तर, भिजिट भिसा प्रकरणलाई लिएर मंगलबार बस्दै नबसी स्थगित भएको संसद् बैठक आज पनि बस्ने निश्चित छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ