लामो भाषण गरेर जनतलाई वाक्क नपार्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

लामो भाषण गरेर जनतलाई वाक्क नपार्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

  • मङ्लबार, जेष्ठ २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो भाषण गरेर जनतालाई वाक्क दिक्क नपार्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबारदेखि सुरु गरेको काठमाडौँ उपत्यका केन्द्रित नेवा र तामसालिङ जागरण अभियानको उद्घाटन समारोहलाई थानकोटमा सम्बोधन गर्दै उनले सभालाई छोटो र छरितो बनाउन सुझाव दिएका हुन् ।

‘यस अभियानमा भाषण धेरै भयोजस्तो लाग्यो मलाई । यसरी हुँदैन । मानिसलाई थकाएर, वाक्क बनाएर अभियान हुँदैन । पूर्व–पश्चिम जागरण अभियान सफल भएको एक÷दुई जनाले मात्र भाषण गरेर हो’, उनले भने, ‘फ्याट्ट गयो एउटा सांस्कृतिक कार्यक्रम गर्‍यो सकियो । भाषण गरेको छ, गरेको छ । यो भएन । आजको उद्घाटन कार्यक्रममा गरे पनि अब नगर्नुहोला । यो मेरो सुझाव भयो तपाईंलाई ।’

प्रचण्डले जनताको कुरा बढी सुन्ने आफ्ना कुरा कम भन्ने गरेमा मात्र अभियान सफल हुने बताए ।

यो अभियान उपत्यकाका नेवार र तामागं समुदाय लक्षित एक महिना सम्म चल्ने र त्यसको समिक्षा गरिने माओवादीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ