काभ्रे रोशी गाँउपालिकाका वडा अध्यक्ष नै चोरी आरोपमा पक्राउ

काभ्रे रोशी गाँउपालिकाका वडा अध्यक्ष नै चोरी आरोपमा पक्राउ

  • मङ्लबार, जेष्ठ २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काभ्रे । पुलको सामान चोरी गरी बिक्री गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्। गत असोज १२ गते परेको अविरल वर्षाले क्षति पुर्‍याएको पुलको सामान चोरी गरी बिक्री गरिएको आरोपमा रोशी गाउँपालिका वडा न ७ को वडा अध्यक्ष अशोक गौतम पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गौतमलाई प्रहरीले थप अनुसन्धानको लागि सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीन बहादुर घलेले जानकारी दिए । पुलको सामान चोरी अभियोगमा पक्राउ गरिएको ४ जनाको बयानको अधारमा वडा अध्यक्षलाई पक्राउ गरिएको डीएसपी घलेले बताए ।

बाढीले बगाएको पुलबाट फलामका सामान चोरेर टिपरमा लोड गरिरहेका चारजनालाई प्रहरीले शुक्रबार पक्राउ गरिएको थियो । प्रहरीले दुईवटा टिपरसहित चोरीमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको थियो । बाढीले रोशी गाउँपालिका वडा नं. ७ र नमोबुद्ध नगरपालिका वडा नं। ६ को सिमानामा रहेको पक्की पुल बगाएको थियो।

सोही दुर्घटनामा क्षतिग्रस्त पुलमा प्रयोग भएका फलामका महत्त्वपूर्ण पार्टपुर्जाहरू चोरी हुने गरेको सूचना स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पक्राउ पर्नेहरूमा दुईजना चोरीमा संलग्न तथा दुईजना टिपर चालक रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ