प्रतिपक्षीसँग सहमति नभएपछि भोली सम्मका लागि संसदको बैठक स्थगित

प्रतिपक्षीसँग सहमति नभएपछि भोली सम्मका लागि संसदको बैठक स्थगित

  • मङ्लबार, जेष्ठ २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ। प्रतपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामाबाट टसमस नभएपछि संसद् बैठक भोलिसम्मलाई सारिएको संसद् सचिवालयले जनाएको छ।

सदनको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसहितका नेताहरूसँग संयुक्त रुपमा दुईपटक छलफल गरेका थिए। तर विपक्षी दलले गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएपछि सहमति नहुँदा र्बठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्ने तालिका थियो। दलहरूबीच छलफल जारी भएपछि संसद् सचिवालयले दिउँसो २ बजेसम्मका लागि सारेको थियो।

तर २ बजे पनि बैठक बस्न नसकेपछि भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ