भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्ने अडानमा बिपक्षी कायमै ,सदन प्रभावित

भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्ने अडानमा बिपक्षी कायमै ,सदन प्रभावित

  • मङ्लबार, जेष्ठ २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले अनुसन्धान प्रक्रियामा सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै सदन चल्न नदिने बताएपछि बैठक प्रभावित भएको छ । बैठक तीन घण्टाका लागि सूचना टाँसेर स्थगित गरिएको छ ।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त बैठकले यस प्रकरणमा आवश्यक छानबिन गर्नका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।

ुआवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीज्यूले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नु पर्ने बिपक्षीहरुको अडान यथावत छ ।

गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीले त्यसको जिम्मेवारी तोकेर सदनलाई जानकारी दिन पनि बिपक्षीले माग गरेका छन् ।

प्रधानमन्त्री र काँग्रेस गृहमन्त्रीले राजीनामा दिनु नपर्ने भन्दै सदन खोलिदिन आग्रह गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ