सरकार र यातायात व्यवायीबीचको सहमतिले फेरी सिण्डिकेट कायम हुने भयो : प्रकाश ज्वाला

सरकार र यातायात व्यवायीबीचको सहमतिले फेरी सिण्डिकेट कायम हुने भयो : प्रकाश ज्वाला

  • मङ्लबार, जेष्ठ २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं : पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच भएको सहमतिले फेरि सिण्डिकेट कायम हुन लागेको बताएका छन्। मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले गए राति भएको सम्झौता संघीयताविपरीत र आपत्तिजनक रहेको दाबी गरेका हुन्।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ नियमावली स्थगन गर्ने सम्झौता आपत्तिजनक र असंवैधानिक रहेको धारणा राखे।

‘हामी कतातिर जाँदै छौँ, एकातिर सिण्डिकेट अन्त्य गर्‍यौं भन्छौं अर्कातिर पुनर्स्थापना गरिएका छौं तर गएरातिको सम्झौताले पहिले तोडिएको सिण्डिकेट फेरि कायम गरियो। यो सम्झौताले पब्लिकलाई ठूलो समस्या पार्छ।’ सांसद ज्वालाले भने,‘पहिले तोडिएको सिण्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ। निश्चित वर्गको लागि हामीले फाइदाका निम्ति मात्रै काम गरेको छ। सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिकै गरेको छ। केन्द्रबाटै नियमावली बनाएर देशभर लागू गर्दा हुन्छ नि त।’

ज्वालाले राइड सेयरिङ रोक्ने कुरा गलत भएको र यात्रुले आफ्नो सुविधा अनुसार यातायात साधन प्रयोग गर्न पाउनुपर्ने बताए। अहिले राइड सेयरिङले धेरै सहज भएको बताउँदै उनले मान्छेलाई सुविधा चाहिएको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ