करण केसी नायक बन्दा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जीत

करण केसी नायक बन्दा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जीत

  • सोमवार, जेष्ठ १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई स्तव्ध पारेको छ ।

सोमबार स्कटल्यान्डमा भएको खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो। स्कटल्यान्ड दिएको २९७ रनको लक्ष्य नेपालले एक बल बाँकी छदा ९ विकेट गुमाएर पूरा गर्‍यो।

नेपाललाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो। तर सन्दीप लामिछाने ५ रनमा मार्क वाटको पहिलो बलमा क्याच हुन पुगे।

त्यसपछि रिजन ढकालले पहिलो बल सामना गर्दा वाइड भयो। दोस्रो बलमा उनले रन लिन सकेनन् भने तेस्रो बलमा एक रन लिए। चौथो बलमा करण केसीले दुई रन लिन सफल भए। पाँचौ बलमा करणले फेरि दुई रन लिँदा स्कोर बराबरी भएको थियो। जसका कारण नेपाललाई अन्तिम बलमा एक रन चाहियो। तर लगत्तैको बल वाइड हुँदा नेपालले एक विकेटको रोमाञ्चक जित निकाल्यो।

नेपालको जितमा करण केसी नायक सावित भए । उनले नटआउट ६५ रन जोडे। उनले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि करणले ४९औं ओभरमा एक छक्का र दुई चौका प्रहार गर्दै कुल १८ रन प्रहार गर्दा नेपालको आसा जागेको थियो।

करणबाहेक नेपालका लागि गुल्सन झाले ३० बलमा ३ चौका र ३ छक्काको मद्दतमा जोडेको ४२ रन महत्वपूर्ण सावित भयो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन, आसिफ शेखले २० रन, भीम सार्कीले ४० रन र रोहित पौडेलले ३७ रन बनाए।

आरिफ शेख ७ रन, दीपेन्द्रसिंह ऐरी ८ रन र सोमपाल कामी १ रनमा आउट हुन पुगेका थिए।

बलिङमा स्कटल्यान्डका ब्रान्डन मक्मलेनले ३ विकेट लिए भने ज्याक जर्भिस र माइकल लिस्कले २(२ विकेट लिए।

टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ७ विकेटको क्षतिमा २९६ रन जोड्यो।

स्कटल्यान्डका लागि ओपनिङ् ब्याटर चार्ली टियरले सबैभन्दा बढी ८० रन बनाए। करण केसीको बलमा आसिफ शेखबाट २६औं ओभरको पहिलो बलमा क्याच हुनुअघि उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि ओपनर जर्ज मुन्सी १२ रन र ब्रान्डन मक्मलेन १९ रनमा आउट भएका थिए।

कप्तान रिची बेरिङटन ४० रन र विकेटकिपर ब्याटर म्याथ्यु क्रस ३९ रनमा आउट भएका थिए।

फिनले म्याकक्रेथले जोडेको अर्धशतक स्कटल्यान्डका लागि महत्वपूर्ण सावित भयो। अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले ६७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५५ रन बनाए। यस्तै माइकल लिस्कले १८ रन बनाए।

बलिङमा नेपालका रिजन ढकाल, सोमपाल कामी र करण केसीले २(२ विकेट लिन सफल भए। सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो।

आजको जितसँगै नेपालले लिग–२ को अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ। नेपालले अहिलेसम्म खेलेका १३ मध्ये तेस्रो जित निकालेको छ।

लिग(२ मा नेपालले अब नेदरल्यान्ड्ससँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी