राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि अन्तिम टोली घोषणा गरेका छन्।
राष्ट्रिय टोली मंगलबार हङकङ प्रस्थान गर्नेछ र मैत्रीपूर्ण खेलपछि लाओस जानेछ। नेपाल र हङकङबीच आगामी जुन जेठ २२ मा खेल हुँदैछ। यो खेल फिफा विन्डोमा हुन लागेकाले आधिकारिक अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ।
नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो।
सो खेल नेपालले हङकङसँग खेलेको एक मात्र औपचारिक खेल हो। हङकङमा भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। एएफसी एसियन कपको समूह ३ को खेल थियो।
नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गरेको पाँच दिनपछि जुन १० मा नेपालले एफसी एसियन कप छनोटको खेलमा लाओससँग खेल्नेछ।
लाओससँगको मैदानमा हुने खेल नेपालले एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा लागेको दोस्रो खेल हो।
यसअघि छनोटको पहिलो खेलमा नेपालले मलेसियासँग २ ० गोलको हार ब्यहोरेको थियो।
नेपाली टोली : अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन बिष्ट, एरिक बिष्ट, आयुष घलान, बिमल पाण्डे, बिशाल सुनार ९गोलरक्षक०, दीप कार्की (गोलरक्षक), जिलेस्पीजंग कार्की, किरण चेम्जोङ (गोलरक्षक), कृतिश रत्न छुञ्जु, कुशल देउबा, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सृजन राज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुभाष ठकुरी बम, योगेश गुरुङ