राजावादीले संविधानको घेरा असंवैधानिक तरीकाबाट तोड्न खोज्नु अनुचित : काँग्रेस

राजावादीले संविधानको घेरा असंवैधानिक तरीकाबाट तोड्न खोज्नु अनुचित : काँग्रेस

  • सोमवार, जेष्ठ १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

सत्तारुढ नेपाली कांग्रेसले राजावादीहरुको आन्दोनलबारे छलफल गर्दै असंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोज्नु अनुचित भएको बताएको छ।

महतले मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको स्पष्ट पारे ।

सोमबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आयोजित पदाधिकारी र पूर्वपदाधिकारी बैकठले राजावादी आन्दोलनबारे छलफल गरेको हो।

‘यो संविधान कसैले दिएको संविधान होइन, आफ्ना प्रतिनिधिहरुले निर्माण गरेको संविधान भएको हुनाले यसको रक्षा गर्ने जिम्मेवारी हाम्रो हुन्छ,’ बैठकबारे जानकारी गराउँदै प्रवक्ता प्रकाशशरण महतले भने ।

यसबारे अब छिट्टै बस्ने केन्दीय समिति बैठकमा समेत छलफल हुने महतले जानकारी दिए।

उक्त बैठकमा गणतन्त्र, समावेशिता लगायतका संविधानले दिएका उपलब्धिहरूको रक्षा, पार्टीलाई सक्रियता बनाउने र आगामी दिनका आर्थिक रूपान्तरण लगायतका चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा छलफल गरिने उनको भनाई थियो ।

आफूहरू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको बताउँदै राजावादीहरूका गतिविधिहरूलाई सरकारले नरोकेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ