नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिडदै

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिडदै

  • सोमवार, जेष्ठ १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, १९ जेठ । नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली क्रिकेट टोली विश्वकप लिग टुको चौथो राउण्डको पहिलो खेलमा सोमवार स्कटल्याण्ड विरुद्ध मैदान उत्रन लागेको हो ।

जसअनुसार नेपाली टोली ७ महिना पछि ओडिआई क्रिकेटमा फर्कन लागेको हो । नेपालले २ सय १० दिन अगाडी अमेरिकामा स्कटल्याण्डसँग नै पछिल्लो ओडिआई खेलेको थियो ।

नेपाल र स्कटल्याण्डबीचको त्यो खेल वर्षाका कारण रद्द भएको थियो । सोमवार नेपाली टोलीको ७४औं ओडिआई खेल हो ।

नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएका छन। जसमा नेपाल बलियो अवस्थामा छ । नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ । नेपाल र स्कटल्याण्डबीचको १ खेल भने रद्द भएको थियो ।

स्कटल्याण्ड पछि नेपाल पर्सी नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी