मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा

  • सोमवार, जेष्ठ १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडाैं, १९ जेठ । पञ्जाब किंग्सले आईपीएल २०२५ को क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ।

योसँगै टोली ११ वर्षपछि आईपीएलको फाइनलमा प्रवेश गरेको छ।

यसअघि टोलीले २०१४ सिजनको उपाधि खेलेको थियो । अब फाइनल जुन ३ मा पञ्जाब र बैंगलोरबीच हुनेछ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँर्दै पञ्जाब किंग्सले फाइनल सुरक्षित गरेको हो ।
पञ्जावका कप्तान श्रेयसले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनले ४१ बलमा ८७ रनको अविजित इनिङ खेलेका थिए भने यो इनिङ्समा ५ चौका र ८ छक्का समावेश भएको थियो । १९ औं ओभरमा बलिङ गरिरहेका अश्विनी कुमारको बलमा कप्तान श्रेयस अय्यरले दुई छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए ।

श्रेयसका साथै नेहल वढेराले ४८ र जोस इन्ग्लिसले ३८ रन बनाउन सफल भए । जसमा अश्विनी कुमारले दुई विकेट लिए । टस हारेर ब्याटिङ गरेको मुम्बईका तिलक वर्मा र सूर्यकुमार यादवले ४४ रनको इनिङ्स खेले । जोनी बेयरस्टोले ३८ रन बनाए । पञ्जाबका अजमातुल्लाह उमरजाईले २ विकेट लिएका थिए ।

पञ्जाब आइपीएल २०२५ को फाइनलमा प्रवेश गरेसँगै टोलीले मे ३ मा बेंगलुरुको सामना गर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी