विद्या भण्डारीलाई चीनको सुझाव : वामपन्थी एकताको पहल गर्नुहोस्

विद्या भण्डारीलाई चीनको सुझाव : वामपन्थी एकताको पहल गर्नुहोस्

  • सोमवार, जेष्ठ १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ । चीनले नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वाम एकताका लागि पहल गर्न सुझाव दिएको छ । एक साता लामो चीन भ्रमणमा रहेकी भण्डारीलाई एमाले वरिष्ठ नेताका रूपमा सम्मान गर्दै चीनले यस्तो सुझाव दिएको हो ।

एमालेले पूर्वराष्ट्रपतिको हैसियतले भण्डारी चीन भ्रमणमा गएको बताए पनि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एमाले वरिष्ठ नेताका रूपमा सम्बोधन गरेको छ । गत शनिबार बेइजिङमा भण्डारीसँग भएको भेटमा सीपीसी विदेश विभाग प्रमुख लिउ चियानछाओले नेपालमा राजनीतिक स्थायित्वका लागि वामपन्थी शक्ति मिल्न आवश्यक भएको सुझाव दिएका थिए । ‘वाम एकताका लागि पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व लिनु राम्रो हुने उनको सुझाव थियो,’ भ्रमण टोलीका एक सदस्यले भने । यसअघि माओवादी नेताहरूको चीन भ्रमणमा पनि सीपीसी नेताहरूले वाम एकता गर्न सुझाव दिँदै आएका थिए ।

भण्डारीले देशभरी राजनीतिक भेटघाट गरेर कार्यकर्ताहरुको सुझाव लिएपछि चीन भ्रमणमा गएकी हुन् ।

एमाले भित्र एक पक्ष भण्डारीलाई नेतृत्वमा ल्याउनु पर्ने पक्षमा रहेको छ भने अर्को पक्ष उनलाई ईन्ट्री हुन नदिने लाईनमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ