काठमाडौं। संयुक्त जनआन्दोलन समितिले आजको लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।
समितिले संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जनाएको हो। आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बन्द हड्तालप्रति असहमति जनाएका थिए ।
कमल थापा , दिपक सिंह सहितका नेताहरु पक्राउ परेर हिजै साँझ छुटिसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline