कमल थापा सहित आन्दोलनकारी राजावादी पक्राउ

कमल थापा सहित आन्दोलनकारी राजावादी पक्राउ

  • आइतवार, जेष्ठ १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ । वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत आन्दोलनकारी पक्राउ परेका छन् ।

राजावादी समूह राजधानीको नारायण चौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

थापासहित ६ जना राजावादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा थापा, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना छन्।

राजावादीको भिडलाई उक्साएको आरोपमा थापासहितलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।

राजावादी समूहले बिहीबारदेखि आन्दोलन गर्दै आएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ